पत्रपत्रिकाबाट

८० रुपैयाँ महसुल बुझाउन दुई हजारको खसी

२०७१ मंसिर ९ गते १:३१

इलाम, ९ मंसिर– चुलाचुली–१ का बासिन्दाले विद्युत् महसुल बुझाउन झापाको दमक पार गरेर इलाम सदरमुकाम आउनुपर्छ । ८० रुपैयाँको विद्युत् महसुल बुझाउन दुई हजारको खसी बेच्नु पर्ने अवस्था रहेको स्थानीयले बताए । केही वर्षअघिसम्म चुलाचुली गाविसका बासिन्दाका नाममा लालपुर्जासमेत थिएन । उनीहरुले नागरिकता बनाउन...

छुट्यो साथ चन्द र वैद्यको

२०७१ मंसिर ९ गते १:१३

काठमाण्डु, ९ मंसिर– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले अध्यक्ष मोहन वैद्य नेतृत्वसँग औपचारिक रुपमा सम्बन्धविच्छेद भएको घोषणा गरेका छन् । वैद्य पक्षले पनि त्यसलाई स्वीकार गरेको छ । सोमबार सम्बन्धविच्छेद लगत्तै चन्द समूहले भावी रणनीति ‘छिट्टै व्यवस्थित गरेर सार्वजनिक गर्ने’ घोषणा गरेको छ । जारी...

जहाँ तीन हजारमा किन्न पाइन्छ श्रीमती…

२०७१ मंसिर ८ गते १:५७

एजेन्सी, ८ मंसिर– हरियाणाका आस मोहम्मदले आफ्नी पत्नीलाई एक दलालमार्फत करिब साढे ३ हजार रुपैयाँमा किनेका थिए । यो रकम एउटा गाईको मूल्यभन्दा पनि कम छ तर उनलाई यसमा कुनै अफशोच छैन । ‘मेरी पत्निको मूल्य गाईको मूल्यभन्दा पनि कम छ तर यदि मेरा...

कतारमा हड्तालमा उत्रिए ६ सय नेपाली

२०७१ मंसिर ८ गते १:५५

काठमाण्डु, ८ मंसिर– न्यून तलबमा कार्यरत नेपालीसहित ७ सय कामदार कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् । त्यसमा झन्डै छ सय नेपाली छन् । कतारस्थित नेपाली दूतावासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर हड्तालमा उत्रिएका हुन् । ‘कामदारहरुको...

सभासद्ले एक वर्षमा सकाए साढे ३४ करोड

२०७१ मंसिर ८ गते १:५४

काठमाण्डु, ८ मंसिर– आगामी  ८ माघमा नयाँ संविधान आउन–नआउने टुंगो छैन । तर, संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलब–भत्तामा राज्य कोषको साढे ३४ करोड खर्च भइसकेको छ । संविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको...

एटीएमबाट पैसा झिक्ने गिरोह समात्न प्रहरीले गुहार्‍यो इन्टरपोल

२०७१ मंसिर ८ गते १:४८

काठमाण्डु, ८ मंसिर– प्रविधिका कारण बैंकिङ सेवा लिन जति सजिलो छ, यसको सुरक्षा पनि उत्तिकै जटिल । जुनसुकै बेला जहाँबाट पनि चाहिएको रकम निकाल्न मिल्ने एटीएम (अटोमेटिक टेलर मेसिन) को सुरक्षा सेवाग्राहीका लागि मात्र नभई अहिले प्रहरीकै लागि पनि निकै पेचिलो बन्दै गएको छ...

दुर्घटनाका घाइतेको उपचारमा पनि कमिसन !

२०७१ मंसिर ८ गते १:३०

धनगढी/कञ्चनपुर, ८ मंसिर– विजया दशमीको पर्सिपल्ट डोटीको बागछाडमा बस दुर्घटना भयो । घाइते ल्याउने सम्भावनाका कारण धनगढीस्थित सेती अञ्चल अस्पतालका पाँच विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी तयारी अवस्थामा बसे । तर १ जना घाइते पनि सरकारी अस्पतालमा ल्याइएन । विशेषज्ञ चिकित्सकविहीन कैलालीको अत्तरियास्थित पद्मा सामुदायिक र...

विदेशमा रहेका शिक्षकका नाममा तलब

२०७१ मंसिर ८ गते १:१२

भैरहवा, ८ मंसिर– रुपन्देहीको मझगाँवस्थित मर्चवार आदर्श उच्च माविले रोजगारीका लागि विदेश गएका शिक्षकका नाममा एक वर्षदेखि तलब निकासा गरेको खुलेको छ । विद्यालयले हाल कोरियामा रहेका शिक्षक मिलन शर्मा बस्यालका नाममा एक वर्षदेखि तलब निकासा गरेको पाइएको हो । शर्मा गत वर्ष इपिएस...

मलेसियामा १० वर्षसम्म काम गर्ने नेपाली कामदारको तलब लाख बढी

२०७१ मंसिर ७ गते २:३०

काठमाण्डु, ७ मंसिर– नेपालीको मुख्य रोगजार गन्तव्य मलेसियामा उच्च पद र पारिश्रमिकमा काम गर्ने नेपाली पनि निकै छन् । एक दसकदेखि मलाकाको डिसीएस कम्पनीमा कार्यरत धरानका विकास शाक्य मासिक लाख रुपैयाँभन्दा बढी कमाउँछन् । कम्पनीको गुणस्तर नियन्त्रण विभागमा सुपरभाइजर शाक्य थोरै लागतमा राम्रो पारिश्रमिक...

शौचालयमा खसेकी वृद्धालाई उद्धार गर्नुको साटो फेसबुक चलाएर बसे नर्स

२०७१ मंसिर ७ गते २:२६

काठमाण्डु, ७ मंसिर– ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अस्पतालका केही चिकित्सक र नर्स शनिबार कतिसम्म क्रुर भए भने वार्डभित्र शौचालयको भ्वाङबाट खसेकी बिरामी वृद्वालाई उठाउने प्रयास समेत गरेनन् । अस्पतालमा उपचारार्थ भर्ना भएकी दोलखा मेलुङ निवासी ८१ वर्षीया वृद्दा ललितामाया खड्काको अस्पतालले मर्मतका लागि...

सार्कको सदस्य बन्ने चीनको चाहना

२०७१ मंसिर ७ गते २:११

काठमाण्डु, ७ मंसिर– सार्कमा प्रभावकारी भूमिका खोजिरहेको चीनले यसको स्थायी रणनीतिक साझेदार वा पूर्ण सदस्य बन्ने चाहना राखेको छ । सार्कका ५ राष्ट्रसँग सीमा जोडिएको र यसका सबै सदस्य मुलुकभित्र उत्तिकै गहिरो सम्बन्ध रहेकाले पनि चीन सार्कभित्र आउन चाहेको बेइजिङस्थित सरकारी थिंकट्याकसँग आवद्ध विज्ञहरुले...

पाँच दिनसम्म अन्तर्राष्ट्रिय विमानस्थल अघोषित बन्द

२०७१ मंसिर ७ गते २:१०

काठमाण्डु, ७ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को अठारौं शिखर सम्मेलन नजिकिँदै गर्दा देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, मुक्तिनाथ र जनकपुर क्षेत्रमा तेब्बर सुरक्षाकर्मी खटाई सुरक्षा सर्तकता अपनाइएको हो । मुक्तिनाथ, लुम्बिनी, धुलिखेललगायतका क्षेत्रमा पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us