जहाँ तीन हजारमा किन्न पाइन्छ श्रीमती…

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १:५७ मा प्रकाशित

एजेन्सी, ८ मंसिर– हरियाणाका आस मोहम्मदले आफ्नी पत्नीलाई एक दलालमार्फत करिब साढे ३ हजार रुपैयाँमा किनेका थिए ।

यो रकम एउटा गाईको मूल्यभन्दा पनि कम छ तर उनलाई यसमा कुनै अफशोच छैन ।
‘मेरी पत्निको मूल्य गाईको मूल्यभन्दा पनि कम छ तर यदि मेरा छोराहरुका लागि दुलही पाइने हो भने म फेरी पनि यसलाई दोहोर्‍याउने छु । म मेरा बुहारीहरु पनि किन्नेछु’, उनी भन्दछन् ।
आठ सन्तानकी आमा आफ्नो जीवन कुमै दासको भन्दा कम नभएको बताउँछिन् । उनी भन्दछिन्, ‘म १२ वर्षको छँदा मेरा पतिले मलाई यहाँ ल्याएका थिए । उनी मलाई पिटिरहन्थे तर म केही गर्न सक्दिनथेँ किनभने म केही जान्न सक्दिनथेँ ।’

भारतका केही भागमा दुलही किन्ने प्रथा अझै पनि बाँकी छ । हरियाणामा त यो समस्या झनै गम्भीर छ ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us