
काठमाण्डु, ८ मंसिर– प्रविधिका कारण बैंकिङ सेवा लिन जति सजिलो छ, यसको सुरक्षा पनि उत्तिकै जटिल ।
जुनसुकै बेला जहाँबाट पनि चाहिएको रकम निकाल्न मिल्ने एटीएम (अटोमेटिक टेलर मेसिन) को सुरक्षा सेवाग्राहीका लागि मात्र नभई अहिले प्रहरीकै लागि पनि निकै पेचिलो बन्दै गएको छ ।
एटीएम ह्याकसम्बन्धी अपराधमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न भएको पाइएपछि प्रहरीलाई थप टाउको दु:खाई बनेको हो ।
विभिन्न देशका बैंक/वित्तीय संस्थाबाट जारी एटीएम कार्डको पिनकोड ह्याक गरी रकम झिक्ने अन्तरदेशीय आपराधिक गिरोहको खोजीमा नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको छ ।
युरोप, अमेरिका, अस्ट्ेरलियालगायत मुलुकका बैंकले जारी गरेका एटीएम पिन कोर्ड ह्याक गर्ने टर्कीका नागरिक मेहतम गुलेन काठमाण्डुबाट पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बैंकिङ अपराधमा संलग्न गिरोह खोज्न इन्टरपोल गुहारेको हो ।
कारोबार दैनिकबाट