
इलाम, ९ मंसिर– चुलाचुली–१ का बासिन्दाले विद्युत् महसुल बुझाउन झापाको दमक पार गरेर इलाम सदरमुकाम आउनुपर्छ । ८० रुपैयाँको विद्युत् महसुल बुझाउन दुई हजारको खसी बेच्नु पर्ने अवस्था रहेको स्थानीयले बताए ।
केही वर्षअघिसम्म चुलाचुली गाविसका बासिन्दाका नाममा लालपुर्जासमेत थिएन । उनीहरुले नागरिकता बनाउन र मालपोतको काम गर्न हैरानी ब्योहोर्नु परेको छ ।
मालपोत कार्यलयमा सानोतिनो काम लिएर जाँदा दुई दिनसम्म सदरमुकाममा बस्दा लाग्ने खर्च र हैरानीका कुरा त बेग्लै छ । स्थानीय तारा फागोले गुनासो गरे, ‘हामीलाई लोकतन्त्र आएजस्तो भएको छैन ।
स्थानीय वर्तकुमार राई भन्दछन्, ‘सबैभन्दा बढी मालपोतमा दु:ख पाइन्छ । यही गाविसबाटै मालपोतको काम हुने व्यवस्था भए हामीलाई धेरै सजिलो हुन्थ्यो ।
अन्नपूर्णपोस्ट दैनिकबाट