मलेसियामा १० वर्षसम्म काम गर्ने नेपाली कामदारको तलब लाख बढी

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते २:३० मा प्रकाशित

Malaysiaकाठमाण्डु, ७ मंसिर– नेपालीको मुख्य रोगजार गन्तव्य मलेसियामा उच्च पद र पारिश्रमिकमा काम गर्ने नेपाली पनि निकै छन् ।
एक दसकदेखि मलाकाको डिसीएस कम्पनीमा कार्यरत धरानका विकास शाक्य मासिक लाख रुपैयाँभन्दा बढी कमाउँछन् ।

कम्पनीको गुणस्तर नियन्त्रण विभागमा सुपरभाइजर शाक्य थोरै लागतमा राम्रो पारिश्रमिक पाउन मलेसिया उचित गन्तव्य रहेको बताउँछन् ।
‘यहाँ नौ सय रिंगेटबाट तलब सुरु हुन्छ । धैयै गरेर एउटै कम्पनीमा बस्न सक्नुपर्छ केही वर्षमै लाख रुपैयाँभन्दा बढी कमाउन सकिन्छ’, उनले भने  ।
स्वदेशी र मलेसियन एजेन्टले फरक तलब र कम्पनीमा पारिदिँदा कामदार त्यस्तो कम्पनी छाडेर भाग्न बाध्य हुन्छन् । कम्पनी छोडेपछि गैरकानुनी हुने भएकाले प्रहरीले पक्राउ गरी स्वदेश फार्काइदिन्छ ।

कामदारले जस्तो भए पनि आफू गएको कम्पनी छाड्न नहुने मलेसियामै १० वर्षदेखि कार्यरत भोजपुर ब्याउलीका प्रेमकुमार कार्की बताउँछन् ।

‘कम्पनी छाडेर भागेपछि आफू नै अवैधानिक भइन्छ, अनि उजुर गर्ने ठाउँ नै हुँदैन । पहिला कम्पनीमै रहेर प्रक्रिया गर्ने हो’, उनले भने ।

कार्की मलेसियाकै क्याम्बेल सुप कम्पनीमा काम गर्छन् ।  उनले तलब र भत्ता गरेर महिनाको एक लाख रुपैयाँ हुने बताए ।

नेपालीका लागि मलेसियामा अवसर नै अवसर रहेको उनी दाबी गर्छन् । ‘धैर्यमात्र गर्नुपर्छ युरोप बराबर कमाई हुन्छ’, उनले भने, ‘पहिला म अपरेटर थिएँ, अहिले लाइन म्यानेजमेन्ट हेर्छु ।कामदारको ड्युटी मिलाउनेसम्म जिम्मेवारी हुन्छ । कामदार भिसामा आएकाले योभन्दा बढी के खोज्नु ?’

होस्टेल पनि नि:शुल्क पाएको उनले सुनाए । कम्पनीको पृष्ठभूमि नै नबुझी आउनेले दु:ख पाउने उनले बताए ।  ‘म्यानपावर र मलेसियामा काम गर्ने कम्पनीको विषयमा सामान्य रुपमा बुझ्न सकिन्छ ।

तर पनि कामदारले त्यो नबुझ्दा ललालले फसाउँछन’, उनले भने । नवलपरासी, कावासोतीका तुलबहादुर पुन पनि कार्की झैं सोही कम्पनीमा काम गर्छन् ।

मगरले पनि मासिक लाख कमाउँछन् । धेरै नेपालीले कम्पनी छाड्ने र भाग्ने गरेकाले समस्या भएजस्तो देखिए पनि काम गर्दै गए राम्रो कमाइ हुने उनको भनाइ छ ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us