
काठमाण्डु, १२ मंसिर–सार्क सम्मेनको उदघाटन समारोहमा हेराहेरसमेत नगरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले समापन समारोहमा हात मिलाएर सबैलाई चकित बनाए ।
त्यसको चाँजोपाँजो प्रधानमन्त्री सुशील कोइरालाले मिलाए । सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखमध्ये मोदी र सरिफ मिडियाको निशनामा थिए ।
कहिल्यै सुमधुर हुन नसकेको दुई देशको सम्बन्ध यसको कारण थियो । एउटै फोरममा रहेका दुई देशका कार्यकारीले हात मिलाउँदा ‘ब्रकिङ न्यूज’ बन्यो । सम्मेलन हल तालीले गुञ्जियो । सार्क सम्मेलनमा भाग लिन मोदी र सरिफ तीन दिनअघि काठमाण्डु आएका थिए ।
कालिमाटीस्थित सोल्टी होटलमा उनीहरुको बस्ने व्यवस्था मिलाइएको थियो । बुधबार भएको उदघाटन समारोहमा सदस्य राष्ट्रका अरु सदस्य राष्ट्रका प्रमुखहरुले एक–अर्कासँग हात मिलाए, हालखबर सोधे ।
तर मोदी र सरिफले एकाअर्कालाई देखेको नदेखेझैं गरे । सरिफ भाषण गर्न मञ्चतर्फ जाँदा मोदी सार्कपुस्थितका पढेर बसे ।
समापन समारोहमा दुई नेताबीच दूरी घटेजस्तो देखियो । समापनमा पाकिस्तानी प्रधानमन्त्री धन्यवाद ज्ञापन गरिरहँदा मोदीले ताली बजाए । कार्यक्रम सकिएपछि उनीहले हार्दिकासाथ हात मिलाए र अन्तरंग कुराकानी पनि गरे ।
प्रधानमन्त्री सुशील कोइरालाले आयोजक राष्ट्रको भूमिका पनि राम्रोसँग निभाए त्यसको चाँचोपाँजो मिलाएर ।
कोइरालाले सरिफलाई मोदीतिर ल्याए, जहाँ श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्सका कार्यकारी प्रमुख उभिएका थिए । कोइरालाले बीचमा बसेर आग्रह गरेपछि मोदी र सरिफले हात मिलाए ।
भारतीय प्रधानमन्त्री खुलेर हाँसिरहेका थिए भने सरिफले हात मिलाउँदा असहज महसुस गरेको देखिन्थ्यो ।
उनीहरुले आधा मिनेटसम्म हात मिलाउँदा सभागृह हलमा ताली गुञ्जियो । छेउमा सबेका भुटानी प्रधानमन्त्री तोब्गेले पनि ताली ठोके । प्रधानमन्त्री कोइराला मुस्कुराए ।
नयाँ पत्रिकाबाट