दूध बेचेरै लखपति

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते २:१० मा प्रकाशित

सिन्धुपाल्चोक, १२ मंसिर – फुल्पिङडाँडा–५ र ८ बिञ्ज्याल गाउँका किसानले दूध बेचेर वार्षिक करोड रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । किसानहरुले वार्षिक तीन लाख लिटरभन्दा बढी दूध बिक्री गरी उक्त रकम गाउँमा भित्र्याएका हुन् ।

milk-collection_g

घरमै बसेर आफ्नो खेतीपाती धान्दै पालेका गाईभैंसीको दूध बेचेर फुल्पिङडाँडा–८ का रवीन्द्रबहादुर नेपालले वार्षिक २ लाखभन्दा बढी आम्दानी गरेका छन् ।

 

दुई वटा भैंसी  र दुई वटा गाई पालेका नेपालले एक वर्षमा ८१ सय लिटर दूध गाउँकै बिञ्ज्याल दूग्ध उत्पादन सहकारी संस्थामा बेचेर सो रकम हात पारेका हुन् ।

 

उनीजस्तै योगमाया सुवेदी, कृष्णप्रसाद नेपाल र डिलाराम नेपालले पनि दूध बेचेरै लाखौं आम्दानी गरिरहेका छन् ।

 

घरमै बसेर दूध बेचेर यतिधेरै कमाउन सकेकामा उनीहरु दंग छन् । उनीहरु भन्दछन, ‘काम गरे पैसा कमाउन जागिर खान र विदेश जान पर्दैन, घरमै बसेर मनग्ये कमाउन सकिन्छ ।’

गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us