अन्तर्राष्ट्रिय

अमेरिकामा दुई प्रहरीको गोली हानी हत्या

२०७९ असोज २८ गते ११:४७

एजेन्सी–अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरी अधिकारीमाथि गोली हानिएको हत्या गरीएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले बताएको छ । गोली...

फेसबुक सञ्चालन गर्ने कम्पनी रुसको आतंकवादी सूचीमा

२०७९ असोज २६ गते ९:०५

काठमाण्डु, २३ असोज– रुसले सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई आतंकवादी सूचीमा राखेको छ । मेटा अमेरिकी प्रविधि कम्पनी हो । उसले फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्दै आएको छ । रुसको वित्तिय कारोबार हेर्ने संस्था रोजफिन मोनिटरिङले मेटालाई आतंकवादी चरमपन्थी सूचीमा राखेको...

भारतको सर्वोच्च अदालतद्वारा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न अस्वीकार

२०७९ असोज २५ गते ८:४५

काठमाण्डु, २५ असोज– भारतको सर्वोच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणाको माग गर्दै दायर रिट निवेदन खारेज गरिदिएको छ । गावंश सदनसहित केही संस्थाले गाईलाई राष्ट्रिय जनावर घोषणाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । भारतमा हाल सिंह राष्ट्रिय जनावर छ । न्यायाधीशहरु एसके...

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री यादवको निधन

२०७९ असोज २४ गते १२:०७

काठमाण्डु, २४ असोज– भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन भएको छ । यादवको ८२ वर्षको उमेरमा सोमबार निधन भएको उनको दल समाजवादी पार्टीले जानकारी दिएको छ । यादव पछिल्लो एक सातायता हरियाणाको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको मृत्यु भएको...

दिल्लीमा शौचालयभित्र बालिकामाथि सामूहिक बलात्कार

२०७९ असोज २१ गते ७:२८

एजेन्सी– भारतको नयाँदिल्लीस्थित एक केन्द्रीय विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । विद्यालयको शौचालयमा बालिकामाथि सोही विद्यालयमा उपल्लको कक्षामा अध्ययनरत दुई किशोरले बलात्कार गरेको दिल्ली महिला आयोगले जनाएको छ । आयोगकी अध्यक्ष स्वाती मालीवालले ट्वीटमार्फत दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गर्दै...

उत्तर कोरियाद्वारा जापानविरुद्ध मिसाइल प्रहार

२०७९ असोज १८ गते १६:३४

काठमाण्डु, १८ असोज– आणबिक हतियार भएको उत्तर कोरियाले जापानमाथि मिसाइंल प्रहार गरेको छ । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मध्यम दूरीको मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मिसाइल प्रशान्त महासागरमा खसेको भए पनि त्यसको असर देखिन सक्ने बताइएको छ । जापान...

भारतले बनायो प्रचण्ड नामको लडाकु हेलिकोप्टर

२०७९ असोज १८ गते ८:२४

एजेन्सी– भारतले आफ्नै देशमा पहिलोपटक लडाकु हेलिकोप्टर निर्माण गरेको छ । उक्त हेलिकोप्टरलाई भारतीय वायु सेनाले प्रयोग गर्ने छ । दुई वटा इन्जिन भएको उक्त हेलिकोप्टरको नाम प्रचण्ड राखिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हेलिकोप्टरको भिडियो ट्वीटरमा शेयर गर्दै त्यसको नाम प्रचण्ड रहेको...

इरानबाट चीनको ग्वाङ्झाउ उडेको जहाजमा बम रहेको सूचना, दिल्लीमा अवतरणको अनुमति दिइएन

२०७९ असोज १७ गते १९:०४

एजेन्सी– इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको जहाजमा बम रहेको सूचना पाएपछि पाइलटले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान्स्थलमा अवतरण गर्न खोज्दा भारतले अनुमति दिएन । इरानी कम्पनीको डब्लू ५८१ नम्बरको महान एयरको जहाजले भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केही क्षणमै पाइलटले जहाजमा बम रहेको सूचना...

इण्डोनेसियामा फुटबल खेल भइरहेका बेला हिंसा, कम्तिमा १ सय २७ को मृत्यु

२०७९ असोज १६ गते ९:२२

एजेन्सी– १६ असोज– इन्डोनेसियामा फुटबल खेल हेर्ने आएका दर्शकहरुका बीचमा भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीले जनाएअनुसार इन्डोनेसियाली खेलका क्रममा भएको हिंसामा उक्त संख्यामा मानिस मारिएका हुन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार फुटबल खेल चलिरहेका...

युक्रेनका चार क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन् रूसका राष्ट्रपति पुटिन

२०७९ असोज १४ गते १६:००

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज छिमेकी युक्रेनका चार वटा क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन्। शुक्रबार दिउँसो एउटा समारोह आयोजना गरेर पुटिनले युक्रेनका डोनेत्सक, लुहान्स्क, खेर्सोन, जापोरिज्जिया क्षेत्र रूसमा गाभिएको घोषणा गर्न लागेको द गार्डियनले जानाएको छ । त्यसपछि पुटिनले सम्बोधन गर्ने कार्यक्रम रहेको...

एजुकेसन सेन्टरमा भएको विस्फोटमा ,१९ जनाको मृत्यु

२०७९ असोज १४ गते १३:३७

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको छ । भने केही घाइते भएका छन् । । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको थियो । प्रहरीको अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो ।...

मेक्सिकोमा बन्धुकधारीद्वारा ५ प्रहरीसहित ६ को हत्या

२०७९ असोज १३ गते ८:०५

एजेन्सी– उत्तरी मेक्सिकोमा बन्दुकधारीको एक समूहको आक्रमणमा ५ प्रहरी र एक सर्वसाधारणको ज्यान गएको छ । जाकाटेकास राज्यस्थित क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा प्रशिक्षण जारी रहेका बेला बन्दुकधारीले अन्दाधुन्द गोली हानेका थिए । बन्दुधकारीको आक्रमणलगत्तै घटनास्थल पुगेका थप दुई कानून प्रवर्तन अधिकारीलाई पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us