अमेरिकामा दुई प्रहरीको गोली हानी हत्या

काठमाण्डु टुडे २०७९ असोज २८ गते ११:४७ मा प्रकाशित

एजेन्सी–अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरी अधिकारीमाथि गोली हानिएको हत्या गरीएको थियो।

गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले बताएको छ । गोली कसले, किन चलाएको हो भन्नेबारे खुलेको छैन। घटनाको विस्तृत विवरण सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us