उत्तर कोरियाद्वारा जापानविरुद्ध मिसाइल प्रहार

काठमाण्डु टुडे २०७९ असोज १८ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, १८ असोज– आणबिक हतियार भएको उत्तर कोरियाले जापानमाथि मिसाइंल प्रहार गरेको छ ।
उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मध्यम दूरीको मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मिसाइल प्रशान्त महासागरमा खसेको भए पनि त्यसको असर देखिन सक्ने बताइएको छ ।

जापान सरकारले त्यस क्षेत्रमा बसोबास गर्ने सर्वासाधारणलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको छ । सरकारले उक्त क्षेत्रमा रेल सेवा तत्कालका लागि बन्द गरेको छ ।

जापान, अमेरिका र दक्षिण कोरियाका सेनाले गत साता मात्र त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए । सोही सैन्य अभ्यासको जवाफ स्वरुप उत्तर कोरियाले मिसाइल प्रहार गरेको अनुमान गरिएको छ ।

यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको उक्त कदमको निन्दा गरेका छन् । उत्तर कोरियाले हिंसा घड्काउने गतिविधि गरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

यसअघि न् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल हमला गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us