इण्डोनेसियामा फुटबल खेल भइरहेका बेला हिंसा, कम्तिमा १ सय २७ को मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १६ गते ९:२२ मा प्रकाशित

एजेन्सी– १६ असोज– इन्डोनेसियामा फुटबल खेल हेर्ने आएका दर्शकहरुका बीचमा भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ ।

समाचार संस्था एएफपीले जनाएअनुसार इन्डोनेसियाली खेलका क्रममा भएको हिंसामा उक्त संख्यामा मानिस मारिएका हुन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार फुटबल खेल चलिरहेका बेला भीडमा भागदौड मच्चिएपछि उक्त घटना भएको हो ।

घटनामा १ सय ८० जना घाइते छन् । खेलमा हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us