मेक्सिकोमा बन्धुकधारीद्वारा ५ प्रहरीसहित ६ को हत्या

काठमाण्डु टुडे २०७९ असोज १३ गते ८:०५ मा प्रकाशित

एजेन्सी– उत्तरी मेक्सिकोमा बन्दुकधारीको एक समूहको आक्रमणमा ५ प्रहरी र एक सर्वसाधारणको ज्यान गएको छ ।

जाकाटेकास राज्यस्थित क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा प्रशिक्षण जारी रहेका बेला बन्दुकधारीले अन्दाधुन्द गोली हानेका थिए ।

बन्दुधकारीको आक्रमणलगत्तै घटनास्थल पुगेका थप दुई कानून प्रवर्तन अधिकारीलाई पनि उनीहरुले गोली हानेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमणमा लागूऔषध तस्कर समूहको संलग्नता रहेको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us