अर्थ

सुन व्यवसायीले दिए प्रहरीलाई साइकल

२०७१ असार ८ गते ११:३९

बागलुङ, ८ असार – व्यावसायिक क्षेत्रको सुरक्षामा सघाउ पु¥याउन नेपाल सुनचाँदी व्यवसायी सङ्घ बागलुङले प्रहरीलाई साइकल प्रदान गरेको छ । सुनचाँदीलगायतका व्यावसायिक क्षेत्रको सुरक्षा प्रबन्धका लागि सहयोग पु¥याउने उद्देश्यले सङ्घको तर्फबाट सुनचाँदी व्यवसायीले करिब रु सात हजार बराबरको चार थान साइकल प्रदान गरेका हुन्...

रसुवागढी भन्सारमा बैंक नहुँदा कारोबारमा समस्या

२०७१ असार ७ गते १३:०५

रसुवा, ७ असार– उत्तर छिमेकी चीनको सीमा क्षेत्र रसुवागढी नाकाको भन्सार कार्यालयमा कुनै पनि बैंकका शाखा नहुँदा राजस्व दाखिलामा समस्या उत्पन्न भएको छ । आर्थिक कारोबारका लागि रसुवागढी नाकामा कुनै पनि बैंकको शाखा नहुदाँ भन्सार राजस्व संकलनलाई समस्या भइरहेको कर्मचारीहरु बताउँछन् । भन्सारको राजस्वबापत...

एउटै गाविसमा १० करोडको तरकारी उत्पादन

२०७१ असार ७ गते ११:१३

गोरखा, ७ असार– गोरखाको तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिएको घ्याल्चोक गाविसबाट वार्षिक १० करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । घ्याल्चोकका वडा नं १, २, ५, ६, ८ र ९ बाट सो रकम बराबरको तरकारी उत्पादन हुने गरेको स्थानीय भरतबाबु दुवाडीले जानकारी...

स्वीजरल्याण्डका बैंकमा नेपालीले अरबौं रुपैयाँ लुकाएको खुलासा

२०७१ असार ७ गते १०:०१

काठमाण्डु, ७ असार– स्वीजरल्याण्डका बैंकमा नेपालीहरुको खाता रहेको र त्यसमा अरबौं रुपैयाँ मौज्दात रहेको खुलासा भएको छ । झण्डै तीन सय वटा बैंक रहेको स्वीजरल्याण्डलाई गैरकानुनी तवरले आम्दानी गरेको रकम लुकाउन प्रयोग गरिन्छ । स्वीटजरल्याण्डको  केन्द्रीय बैंक स्वीस नेशनल बैंकले केही दिनअघि प्रकाशित गरेको...

स्विस बैंकमा नेपालीको नौ अर्ब २१ करोड निक्षेप

२०७१ असार ६ गते १३:०६

काठमाण्डु, ६ असार – के स्विस बैंकमा नेपालीहरुको खाता छ ? बिहिवार प्रकासित एउटा विवरणले स्विस बैंकमा नेपालीको खाता भएको र त्यसमा अर्बौं रुपैयाँ मौज्दात रहेको तथ्य सार्वजनिक भएको छ । झण्डै तीन सय बैंक भएको स्वीजरल्याण्डलाई गैरकानूनी प्रक्रियाबाट आम्दानी गरेको रकम लुकाउन प्रयोग गरिन्छ...

४१ लाखको अवैध सुर्ती बरामद, पाँच लाखको अवैध सुर्ती नष्ट

२०७१ असार ६ गते १०:१७

भक्तपुर, ६ असार – अवैध रुपमा सुर्तीजन्य पदार्थको कारोबार गर्ने केरी टोबाको प्रडक्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय भक्तपुरले रु ४१ लाख ३७ हजार १४८ जरिवाना गरेको छ । भक्तपुरको दुवाकोट गाविस निकोसेरामा केरी टोबाको नाममा एक ठाउँमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने इजाजत लिएर दुवाकोटको...

सात जिल्लामा सात अर्बको लगानी

२०७१ असार ६ गते ७:५२

इलाम, ६ असार – दूध, चिया र अदुवाको उत्पादनदेखि बजारीकरणसम्म भइरहेका समस्यालाई समाधान गर्न पूर्वाञ्चलका सातवटा पहाडी जिल्लामा समावेशी सहयोग कार्यक्रम सुरू गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा सन् २०१४ जनवरीदेखि कार्यक्रम सुरू गरिएको समावेशी सहयोग कार्यक्रम इलामका...

तेस्रो दिन पनि घट्यो सेयर बजार, ५० करोड ३७ लाख रुपैयाँको किनबेच

२०७१ असार ५ गते ११:१७

काठमाण्डु, ५ असार – साताको अन्तिम दिन पनि सेयर बजार मूल्य ५.७२ अंकले घटेर ९२६.५ अंकमा झरेको छ। यो साता लगातार तीन दिन सेयर बजार घटिसकेको छ। अन्य समूहलगायत बैंकिङ, होटल, विकास बैंक र जलविद्युत समूहका सेयरहरुको मूल्य घटेको छ। बैंकका लगानीकर्ता बिमातिर लाग्दा बिमा सुचक...

यसरी फर्कियो दरबारमार्गको उज्यालो

२०७१ असार ५ गते ११:१२

काठमाण्डु, ५ असार – झन्डै तीन बर्षको प्रयास पछि २०७१ को नयाँ बर्ष दरबारमार्गमा फरक ढंगले आयो। राजधानीको मुटु र प्रमुख पर्यटकीय क्षेत्रमा परे पनि लोडसेडिङले सम्साँझै बन्दहुने दरबार मार्गमा नयाँ बर्षको उपहार स्वरुप वैशाख एक देखि सोलार बत्ति बल्न थाल्यो। दरबार मार्ग विकास...

पर्यटन बोर्ड बन्द हुँदा करोडौँ घाटा

२०७१ असार ५ गते ११:०४

काठमाण्डु, ५ असार – पर्यटन बोर्डमा झन्डै दुई महिनादेखि चलिरहेको पर्यटन व्यवसायीको आन्दोलन र अस्तव्यस्तताले बोर्डलाई करोडभन्दा बढीको घाटा भएको छ । बोर्डलाई मात्र होइन यसले सरकारको राजस्वमा पनि लाखौँको घाटा भएको पर्यटन बोर्डका कर्मचारी बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने,...

बजेट पूर्वको छलफल सकियो

२०७१ असार ४ गते १५:२६

काठमाण्डु, ४ असार– बजेट पूर्व तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा गत जेठ ३० गतेयता जारी छलफल बुधबार सकिएको छ । २८ असारमा अर्थमन्त्री रामशरण महतले उक्त  विषय छलफलका लागि सदनमा पेस गरेका थिए । छलफलमा सहभागी सभासद्हरूले शिक्षालाई प्राथमिकता दिनुपर्ने, वृद्धवृद्धा...

साउदी कोषले तीन अर्ब ऋण दिने

२०७१ असार ४ गते १२:५७

काठमाण्डु, ४ असार – साउदी विकास कोषले बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि रु दुई अर्ब ८५ करोड ९० लाख ऋण दिने भएको छ । अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र साउदी कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक इन्जिनियर युसुफ बिन इब्राहिम अलबास्सामले यससम्बन्धी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us