
काठमाण्डु, २७ साउन – दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ मंगलबार भने घटेको छ ।
सार्वजनिक बिदाका कारण भाउ नतोकिएपछि आइतबार र सोमबार सुनको भाउ तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार भने तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ ५४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी ८ सय १५ रुपैयाँ तोलामा किनबेच भइरहेको छ ।