नेप्से करिब १९ अंकले घट्यो

काठमाण्डु टुडे २०७१ साउन २७ गते १२:१९ मा प्रकाशित
काठमाण्डु, २७ साउन –  नेप्से परिसूचक मंगलवार करिब १९ अंकले घटेर १०२१ मा आइपुगेको छ । यसअघि गत विहीवार १०२८ मा पुगेर रोकिने प्रयासमा रहेको नेप्सेमा सुधार हुन सकेन । यस दिन सबै छ समूहको परिसूचक घटेको छ । वित्त समूहको बाहेक अन्य पाँच वटै समूहको परिसूचक दोहोरो अंकले घटेको छ । 
nepse२७ प्रतिशत नाफा गरेको वित्तिय विवरण प्रकासित भएपनि एनआइसी एसियाको सेयर मूल्य ३५ रुपैयाँले घटेको छ । बैंकको सेयर आठ सय ६७ मा कारोबार भयो । ४१ प्रतिशतले नाफा बढेपनि नेरुडे लघुवित्त बिकास बैंकको सेयर मूल्य ५० रुपैयाँले घटेर एक हजार पाँच सय ५० मा सिमित भयो ।  

यस दिन एक सय २७ कम्पनीमा ९१ कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो । जम्मा २० कम्पनीको मात्र सेयर मूल्य बढेर कारोबार भएको छ । कम्पनीहरुको सेयर मूल्यलाई लिएर बजारमा तीव्र मोलमोलाई शुरु भएको छ । कम्पनीहरुको मूल्यमा खासै धेरै अन्तरको परिवर्तन देखिएको छैन । 
नागवेली लघुवित्तको सेयर मूल्य भने सबैभन्दा धेरै नौं प्रतिशते मूल्य बढेर कारोबार भएको छ । ब्लु चिप मानिने नेप्सेको ‘क’ बर्गमा पर्ने कम्पनीहरुको सेयर मूल्यमा समेत सुधार हुन सकेन । यो बर्गको प्रतिनिधीत्व गर्ने सेन्सेसिट परिसूचक पनि उच्च अंकले घटेको छ । 
बजार खुलेदेखि नै घट्ने क्रममा रहेको नेप्से परिसूचक अन्त्यमा घट्न थामिएपनि बढ्ने प्रयासमा भने देखिएन । तर बजार घट्न पर्ने अन्य खासै कारण नरहेकोले बजार बढ्ने दिशामा जाने बजार सम्बद्ध पक्षहरु बताउँछन । 
यस दिन १४ ब्रोकर कम्पनी कारोबारबाट आउट भएपछि कारोबार रकम पनि कम भएको छ । यस दिन जम्मा ३० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भयो । 

वीजमाण्डुबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us