कोरियन भाषा परीक्षाको आवदेन खुला

काठमाण्डु टुडे २०७१ साउन २८ गते ४:०२ मा प्रकाशित

काठमाण्डु, २८ साउन– कोरियन भाषा परीक्षाका लागि आज आजदेखि आवेदन खुलेको छ ।
उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।  रोजगार अनुमति प्रणाली इपीएसअन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ ।

परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फारम बुझाइसक्नु पर्ने इपीएस कोरीया शाखाले जनाएको छ । आजदेखि फारम खुल्ने भएपछि तोकिएका स्थानमा बिहानैदेखि फाराम लिनेको लाइन लागेको छ ।
उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला, ल्याबरोटरी स्कुल कीर्तिपुर र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन फारम बुझाउन सकिनेछ ।

उपत्यकाबाहिर पोखराको बिन्धबासिनी उच्चमावि बाटुलेचौर, बुटवलको प्रर्दशनी मण्डप र डडेलधुराको अमरगढी नगरपालिकामा रहेको कर्मचारी मिलन केन्द्रबाट आवेदन फाराम लिन सकिने छ ।
यी स्थानमा फाराम निशुल्क पाइने र परिक्षा दिने व्यक्ति आफैं उपस्थित भएर बुझाउनु पर्ने  छ । भाषा परिक्षा पास गरेकाहरु आगामी सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् । तर कोटा भेन अहिले सम्म निर्धारण गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us