निशुल्क भिसा र टिकट दिन मलेसियासँग आग्रह

काठमाण्डु टुडे २०७१ साउन ३० गते २:३७ मा प्रकाशित

काठमाण्डु, ३० साउन–  नेपालीको प्रमुख श्रम गन्तब्य मलेसियालाई निशुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गरिने भएको छ ।

नेपाल आउन लागेका मलेसियाली मानव संसधान मन्त्रीसामु यस्तो आग्रह गर्ने तयारी छ ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणामा भदौं २ गते मलेसियाका मानव संसाधन मन्त्री रिर्चड जायम नेपाल आउँदैछन् ।

उनीसामु निशुल्क भिसा र टिकटको व्यवस्था गर्ने प्रस्ताव राख्ने नेपालको तयारी छ । मलेसियामा ६ लाख भन्दा बढी नेपाली कामदार छन् । मलेसियाको लागत ८० हजार भएपनि कामदारले डेढदेखि २ लाखसम्म तिरिरहेका छन् ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us