
काठमाण्डु, २६ साउन – दूरसञ्चार सेवा प्रदायक एनसेलले मुलुकमा बढीरहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरूलाई नयाँ व्यवसाय निर्माणमा सहयोग पुगोस् भनेर मोबाइल एप्लिकेशन बनाउने प्रतियोगिता- एनसेन य्याप क्याम्प सार्वजनिक गरेको छ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत ल्याएको यस कार्यक्रमले नविन प्रविधिको विकास तथा नेपाली युवालाई विश्वव्यापी मोबाइल य्याप उद्योगको हिस्सा बनाउन योगदान पुर्याउने विश्वास लिएको एनसेलका कार्यकारी निर्देशक एरिम टाइलानलरले बताए।
चरणबद्द रूपमा लागू हुने यस कार्यक्रमका लागि मोबाइल य्याप्स डेभलपर तथा उत्साहीले सहभागि हुन पाउने छन्।
कृषि, कर्पोरेट, सल्युशन, शिक्षा र पर्यटन गरी चार विधामा प्रतिश्पर्धा हुनेछ। कार्यक्रममा य्याप्स डेभलपर र यस सम्बन्धी चासो राख्ने समूहले निशुल्क सहभागि हुन पाउने एनसेलले जनाएको छ।
‘कृषि, कर्पोरेट, शिक्षा र पर्यटन नेपाली अर्थतन्त्रमा मुख्य क्षेत्रहरू हुन्। श्रृजनशिल युवा वर्गले यि क्षेत्रको प्रभावकारिता र उत्पादनशिलता बढाउन य्यापहरूको विकास गरेर ठूलो परिवर्तन ल्याउनसक्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन्।
प्रतिष्प्रर्धामा भाग लिन युवा डेलभपरहरूले एनसेलको आधिकारीक वेवसाइट www.ncell.com.np/appcamp मा गएर अनलाइन मार्फत दर्ता गर्नुपर्नेछ। एन्ड्रोइड, एप्पल, विन्डोज, जेटुएमईलगायत कुनै पनि प्याटफर्ममा य्याप बनाउन सक्ने कम्पनीले जनाएको छ।
दर्ता भएका विभिन्न आइडिया मध्ये १५० उत्कृष्ट आइडिया छनोट गरेर दर्ता गराएका समूहलाई क्षमता विस्तारका लागि सेमिनारमा भाग लिन बोलाइने कम्पनीले जनाएको छ।
सेमीनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञलाई बोलाएर थप आइडियाहरू सेयर गरिने कार्यक्रम रहेको छ।
यसरी सेमिनारमा सहभागी समूहमध्येबाट हरेक विधामा उत्कृष्ट ६ आइडियालाई समेटेर २४ टिमहरू छनोट गर्ने र अन्तिम स्पर्धाका लागि मंसिर २३ देखि २५सम्म समय तोकेको एनसेलले जनाएको छ। यसरी छनोट भएर आएका हरेक समूहका एक-एक विषयगत विजेता र ति मध्येबाट एक उत्कृष्ट विजेता छनोट गरि पुरस्कृत गरिने एनसेलले बताएको छ।
हरेक विषयका विजेताले २ लाख ५० हजार नगद र उत्कृष्ठले ५ लाख पुरस्कार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय य्याप क्याम्पमा सहभागि हुन पाउनेछन्।
प्रतिस्पर्धामा सहभागि हुन इच्छुक समूहले मंगलबारदेखि कात्तिक ११ गतेसम्म आफ्नो आइडिया दर्ता गराइसक्नुपर्ने एनसेलले जनाएको छ।