नुवाकोटमा बाढीले धानखेत बगायो

काठमाण्डु टुडे २०७१ साउन २८ गते १३:०२ मा प्रकाशित

विदुर, २८ साउन- अविरल वर्षासँगै नुवाकोटको तादी खोलामा आएको बाढीले करिब पाँच सय रोपनीभन्दा धेरै धान खेत बगाएको छ ।

वर्षासँगै मंगलबार राति तादीमा आएको बाढीले विदुर नगरपालिका-५ मा रहेको छबिसेफाँटमा धान खेत बगाएको हो ।

बाढी तटबन्ध भत्काएर खेतमा पसेको प्रहरीले जनाएको छ । धानखेत बगाएपछि बट्टार, माझीटार र भत्तेरी गाउँका करिब पचासजना किसान मर्कामा परेका छन् ।

गत वर्ष बाढीले बगाएको तटबन्ध निर्माणका लागि सम्वद्ध पक्षले चासो नदिएका कारण आफूहरुको धानखेत बगाएको किसानको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us