घर जग्गा कारोबार पाँच वर्षकै उच्च

काठमाण्डु टुडे २०७१ साउन २७ गते १:४८ मा प्रकाशित

काठमाण्डु, २७ साउन– सिथिल रहेको घरजग्गाको कारोबार गत आर्थिक वर्षमा पाँच वर्षमै उच्च भएको छ ।

पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक वर्ष २०७०र७१  मा कारोबार सबैभन्दा बढी हुन पुगेको हो । आब २०७०र७१ मा घरजग्गा कारोबारबाट उठ्ने रजिस्ट्रेसन दस्तुरबाट यो पुष्टि भएको हो । यस अवधिमा दस्तुर एक सय ७३ प्रतिशतले बढेको छ ।
गत आवमा घरजग्गा कारोबारबाट हुने रजिस्ट्रेसन दस्तुर सात अर्ब ८१ करोड ३६ लाख ५३ हजार रुपैयाँ उठेको छ ।

यो लक्ष्यभन्दा झन्डै दोब्बर (एक सय ७३ प्रतिशत० हो । यस आवमा चार अर्ब ५० करोड ५७ लाख २६ हजार रुपैयाँ रजिस्ट्रेसन दस्तुरबापत राजस्व उठाउने लक्ष्य राखिएको थियो ।
घरजग्गा कारोबार आर्थिक वर्ष २०६६र६७ देखि ओरालो लाग्न लागेको थियो । यो क्रम आव २०६७र६८ मा एकैपटक व्यापक घटेको थियो ।
काठमाण्डु उपत्यकासहित देशका विभिन्न भागमा कारोबारले गति लिएको विभागले जनाएको छ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us