सुनकोसीको तालमा माछा पाले कसो होला ?

काठमाण्डु टुडे २०७१ साउन २९ गते १:४४ मा प्रकाशित

काठमाण्डु, २९ साउन –सिन्धुपाल्चोकको मांखामा पहिरोले बनाएको ‘सुनकोसी ‘ताल’ लाई तालकै रुपमा जोगाएर पर्यटकीय सम्भावना खोजे के होला ?
sunkoshiप्रकोप क्षेत्रमै उद्धार कार्यमा खटिएको नेपाली सेना विस्फोट ,ड्रिलिङ र एक्स्काभेटर लगाएर ताल खोल्ने प्रयत्नमा रातदिन खटिरहेका छन् ।

राजधानीमा यस क्षेत्रका विज्ञहरुले भने नयाँ सम्भावनामा बहस थालेका छन् । प्राकृतिक प्रकोपले सृजना गरेको सुनकोसी ताललाई यही स्वरुपमा रहन दिएर पर्यटकीयलगायत विकास सम्भावना खोज्न सकिन्छ ।
साउन १७ गते शनिबार बिहान मांखा–राम्चे क्षेत्रमा गाउँसहित डाँडो नै खस्दा सुनकोसी थुनिएको थियो । त्यसले बनाएको ताल फुटेर तल्लो तटीय क्षेत्रका वस्तीदेखि भारत बिहारसम्म जनधनको क्षति हुनसक्ने खतरा टार्न तालको पानी निकास दिने प्रयत्न जारी छ ।
यही सन्दर्भमा बुधबार राजधानीमा विज्ञहरुले भने ताल जोगाउन सकिने सम्भावना खोजेका हुन् ।
उनीहरुका अनुसार तालको सबै पानी निखार्न सकिन्न र त्यहाँ थुप्रिएको सबै ढुंगा माटो पन्छाएर अन्यत्र लैजान पनि मुस्किल छ ।

यस्तो निचोडमा पुगेका सरकारी प्राविधिकहरुले ताल नै कायम राखेर माछापालनलगायत उद्यम गर्न सकिने र तल्लो तटमा रहेको सुनकोसी जलविद्युत्त आयोजनाका लागि तालको पानी प्रयोग गरेर थप उर्जा निकाल्न सकिने योजना विज्ञले पस्किएका छन् नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us