एउटै रुखबाट ३६ लाख कमाई ?

काठमाण्डु टुडे २०७१ साउन २८ गते २:०३ मा प्रकाशित

रामेछाप, २८ साउन– एउटा रुखबाट वर्षभरिको कमाई कतिसम्म होला ? हजार, दशहजार या लाख ।

सायद कसैले अनुमान गर्ला, मझुवाका धनबहादुर लामाको एउटै रुखको कमाई ३६ लाख रुपैयाँ पुगेको छ । यो बोधित्रित्तको रुख हो । जसको दुई वर्षको दुई छिमल फल बेच्दा उनलाई धनवर्षा भइरहेको छ ।

पैसाको झोला बोकेर क्रेता फेदमै आइपुग्छन् । पहिले उक्त रुखमा फल्ने दानाबाट उपार्जन होला भन्ने कल्पनासमेत थिएन । गेडा फल्यो,  झथ्र्यो । रहदाँ बस्दा तिनै दाना उनेर माला लगाउनुपर्छ भन्ने जाने । अरुलाई बाँडे । तीन वर्षअघि नै उनले बोधिचित्तको फल बेचेर साढे १२ लाख रुपैयाँ कमाए । त्यो कुरा सञ्चारमाध्यममा आयो ।

जसबाट झन् चर्चा भएर कमाई साढे २२ लाख पुग्यो । अनि यो वर्ष २८ लाख कमाई भइसक्यो । दोस्रो सिजनको फलका लागि ८ लाख थमाउने आइसकेका छन् ।
‘अरु कमाउन मलेसिया र कतार जान्छन्’, लामाले भने, ‘मेरो त यही रुख अमेरिका हो ।’
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us