अर्थ

संसदमा उठ्यो हवाई भाडा वृद्धिको निर्णय फिर्ता लिनुपर्ने माग

२०८० असोज २१ गते १६:३३

काठमाण्डौं, २१ असोज– एमाले सांसद् सुनिता बरालले सरकारले हवाई टिकटको भाडा वृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सून्य समयमा बोल्दै उनले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पुग्ने गरी भएको भाडा वृद्धि फिर्ता लिन माग गरेकी हुन् । ‘आज पर्यटक...

१२ करोडको सीमा हटे पनि सेयर बजारमा निराशा

२०८० असोज २१ गते १६:३१

काठमाण्डु, २१ असोज– नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाएर १५ करोड बनाएपछि लामो समयदेखि निराश रहेका लगानीकर्ता उत्साहित भएका थिए । सेयर बजार उकालो लाग्ने अपेक्षा गरिएको थियो । तर, सेयर बजारमा त्यसको उत्साह देखिएन । साताको पहिलो...

महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित २० रुपैयाँको नोट बजारमा

२०८० असोज १९ गते ९:३२

काठमाण्डु, १९ असोज– नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । अधिकारी गभर्नर नियुक्त भएपछि पहिलोपटक २० रुपैयाँको नोट शुक्रबारदेखि कारोबारमा आएको हो । राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले शुत्रबार एक सूचना जारी गर्दै यसअघिकै रङ...

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

२०८० असोज १६ गते १७:३६

काठमाण्डु, १६ असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १७.५६ अंकले घटेको छ । नेप्से ०.८८ प्रतिशतले घटेर १९५८.७२ बिन्दुमा झरेको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अधिकांश समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । नेप्सेसँगै कारोबार...

आयल निगमले आइपिओ जारी गर्ने

२०८० असोज ९ गते १५:०५

काठमाण्डू, ९ भदौ–नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । मंगलबार एलपी ग्यास संघको २८औं वार्षिक साधारणसभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधरणकालागि आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।  कम्तीमा दुई आर्थिक वर्ष कम्पनी नाफामा गएपछि मात्र आईपीओ...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

२०८० असोज ९ गते १४:५६

काठमाण्डु, ९ असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १८ अंक बढेको छ । योसँगै नेप्से २ हजार २२ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार हिजो १ अर्ब ५६ करोडको कारोबार भएको बजारमा मंगलबार २...

चीनले नेपालबाट भैंसीको मासु लैजाने

२०८० असोज ९ गते ९:४८

काठमाण्डु, ९ असोज– चीनले नेपालबाट भैंसीको मासु आयात गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई मुलुकबीच भैंसीको मासु आयात निर्यातसम्बन्धी सम्झौता भएको हो । मंगलबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्न स्वीकृति दिने प्रक्रिया अघि...

नेप्सेमा दोहोरो अंकको गिरावट

२०८० असोज ७ गते १५:४९

काठमाण्डु, ७ असोज– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा झरेको छ । राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको सीमा पुनरावलोकन गर्ने भएपछि गत साताको अन्तिम कारोबार दिन...

वित्तीय क्षेत्र सुधार कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

२०८० असोज ४ गते १६:१७

काठमाण्डु, ४ असोज– वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिले दुई साताभित्र वित्तीय क्षेत्र सुधार कार्ययोजना पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जनाएको छ । समिति...

१२ करोडको सीमा हट्ने भएसँगै सेयर बजारमा हरियाली

२०८० असोज ४ गते १६:१०

काठमाण्डु, ४ असोज– नेपालराष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउने तयारी गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । गभर्नर अधिकारीले मंगलबार वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समिति बैठकमा १२ करोडको सीमा हटाउने बताएका थिए । लगानीकर्ताले १२ करोडको सीमा हटाउन माग गर्दै...

आईएमई गरौँ,करोडपति बनौँ !

२०८० असोज ३ गते ८:१५

काठमाण्डु, ३ असोज– नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्समार्फत् रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् ।...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

२०८० असोज २ गते १८:२५

काठमाण्डु, २ असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा पुगेको छ । २ सय ७१ कम्पनीको ४३ हजार ३६ लाख ५ सय ८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us