१२ करोडको सीमा हट्ने भएसँगै सेयर बजारमा हरियाली

काठमाण्डु टुडे २०८० असोज ४ गते १६:१० मा प्रकाशित

काठमाण्डु, ४ असोज– नेपालराष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउने तयारी गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
गभर्नर अधिकारीले मंगलबार वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समिति बैठकमा १२ करोडको सीमा हटाउने बताएका थिए । लगानीकर्ताले १२ करोडको सीमा हटाउन माग गर्दै आएका थिए ।

साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि भएको छ । योसँगै नेप्से २०२९.७८ को बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ४२.१४ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार सामान्य अंकले बढेको थियो ।

बिहीबार सबै उपसूचक वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ । वित्त कम्पनी उपसूचक ४।३८ प्रतिशत र विकास बैंक उपसूचक ३।७७ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेर ३ अर्ब नाघेको छ । १ लाख १९ हजार ३५९ वटा कारोबारमा १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

कुल २ सय ३० सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा जसमध्ये २ सय १७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । २ कम्पनीको सेयरमूल्य स्थिर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us