
काठमाण्डु, १६ असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १७.५६ अंकले घटेको छ ।
नेप्से ०.८८ प्रतिशतले घटेर १९५८.७२ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अधिकांश समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार कारोबार रकम घटेर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३ सय २४ रुपैयाँमा सीमित भएको छ । कूल २ सय ८१ वटा धितोपत्रको ३९ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर किनबेच भयो ।
मंगलबार समता घरेलु लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढ्यो । यस्तै, घलेम्दी हाइड्रोको सेयरमूल्य ७।८१ प्रतिशतले घटेर २ सय २६ रुपैयाँ ४० पैसा कायम भयो ।
सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य सर्वाधिक ७.५४ प्रतिशतले घटेको छ । मंगलबार सिटिजन लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको हो ।
सर्वाधिक सेयर खरिदबिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक छ । सो कम्पनीको प्रतिकित्ता ५७३ रुपैयाँमा ५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।