
काठमाण्डु, ९ असोज– चीनले नेपालबाट भैंसीको मासु आयात गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई मुलुकबीच भैंसीको मासु आयात निर्यातसम्बन्धी सम्झौता भएको हो ।
मंगलबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्न स्वीकृति दिने प्रक्रिया अघि बढाइने उल्लेख छ ।
त्यस सम्झौताले नेपालको व्यापार घाटा कम हुने बताइएको छ । भैंसीको मासु चीन निर्यातको सम्झौता यसअघि भएको थिएन । तर, अवैध चोरी पैठारी गरेर मासु निर्यात हुँदै आएको थियो ।
यस्तै चीनले नेपालबाट अमिलो जातका फलफूल लैजाने भएको छ । त्यसका लागि नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्न चीनले सघाउने भएको छ ।