सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०८० असोज २ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, २ असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा पुगेको छ ।

२ सय ७१ कम्पनीको ४३ हजार ३६ लाख ५ सय ८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७ रुपैयाँमा खरिदबिक्री भयो ।

३ कम्पनीको मूल्य सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भयो । शुभम् पावरको १०, थ्री स्टार हाइड्रोपावरको ९.९९ र मेन्छियाम हाइड्रो पावरको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको १० करोड मूल्य बढीमा सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो ।

होटल्स एण्ड टुरिजम र ट्रेडिङ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us