नगर प्रमुखको विदेश भ्रमण कोटामा सेजुवालले छोरीलाई पठाएपछि…

२०७६ वैशाख १३ गते १३:३३

खलङ्गा, १३ बैशाख – जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणको कोटामा छोरीलाई पठाएको पाइएको छ । प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई लुकिछिपी भ्रमणमा छोरीलाई पठाइएको हो । स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी...

विज्ञको खुलासाः दशौँ वर्षसम्म परकम्पन आइरहन्छ

२०७६ वैशाख १३ गते १३:२२

चितवन, १३ बैशाख – महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती...

इन्जिनियरहरुको सामूहिक राजीनामा आएसँगै प्राधिकरणका अधिकृतले गरे यस्तो ट्वीट

२०७६ वैशाख १३ गते १३:०२

काठमाण्डु, १३ बैशाख – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिएका छन् । प्राधिकरणका इन्जिनियरले बिहीबार सामूहिक राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फ्किए कडा कदम चाल्न बाध्य...

‘हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेडनोटिस’ जारी

२०७६ वैशाख १३ गते १२:५१

काठमाण्डु, १३ बैशाख – नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ । झण्डै साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । आईजीपी सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश...

आत्मघाती बम विस्फोट हुनबाट यसरी बच्यो श्रीलंकामा बिनोद चौधरीको होटल

२०७६ वैशाख १३ गते १२:३६

एजेन्सी – श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा विलासी होटल र चर्चहरूमा क्षति पुगेको भए पनि एउटा होटलमा भने आत्मघाती बम नपड्किएको पाइएको छ । पाँचतारे ताज समुद्र होटलमा आत्मघाती बम पड्काउन अब्दुल लतीफ जमील मोहम्मद गएका भए पनि उनी सफल हुन सकेनन् ।...

प्रधानमन्त्रीले यसरी गरे वामपन्थी प्रधानमन्त्री मनमोहनको चर्चा

२०७६ वैशाख १३ गते १२:२६

काठमाण्डु, १३ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको चर्चा गरेका छन् । प्रधानमन्त्री ओलीले मनमोहन स्मृति प्रतिष्ठानले शुक्रवार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याएको...

साउदीमा ३७ जनाको टाउको काटेर शरीर पोलमा झुण्ड्याइयो

२०७६ वैशाख १३ गते १२:०६

एजेन्सी – साउदी अरबमा ३७ जनाको टाउको काटिएको छ । साउदी सरकारले ३७ जनालाई मारेर तीमध्ये एकजनाको क्षतविक्षत शरीर पोलमा झुण्ड्याएपछि अधिकारवादी समूहहरूले आपत्ति जनाएका छन् । एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो । कट्टरपन्थी मुलुक साउदीले मंगलवार तीन वर्षयताको...

राष्ट्रपतिको सवारीमा दुई सय उडान प्रभावित

२०७६ वैशाख १३ गते ११:५६

काठमाण्डु, १३ बैशाख – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाण्डुवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र...

यौनकर्मीसँग यौनसम्पर्कका बेला कण्डम हटाउँदा…

२०७६ वैशाख १३ गते ११:५०

एजेन्सी – ब्रिटेनमा यौनकर्मीसँग सम्बन्ध स्थापित गर्नेबेला कण्डम हटाएको आरोपमा एक व्यक्तिलाई १२ वर्षको जेल सजाय तोकिएको छ । ३५ वर्षीय ली होगबेनले पीडितको लगातारको आपत्तिलाई नजरअन्दाज गर्दै यौनसम्बन्ध स्थापित गरेका थिए । यस्तो गरेर लीले पीडितको सहमतीको शर्त उल्लंघन गरेका छन् । त्यसपछि...

बम बिस्फोटमा आफ्नो संलग्नता भएको भन्दै हेमासिरिले दिए राजीनामा

२०७६ वैशाख १३ गते ११:३१

एजेन्सी – श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान गएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ...

आइतबार सम्मको मौसमबारे विभागबाट आयो यस्तो खबर

२०७६ वैशाख १३ गते ११:२२

काठमाण्डु, १३ बैशाख – आज (शुक्रबार) काठमाण्डु उपत्यकासहित देशभरको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रमा पानी पर्ने प्रक्षेपण महाशाखाले गरेको छ । अहिले काठमाण्डु उपत्यकाको आकाश कालोमैलो भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा अहिले...

भूकम्प पीडितलाई घर निर्माण गर्न लालपुर्जा वितरण

२०७६ वैशाख १३ गते ११:१४

गलकोट, १३ बैशाख – ०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ । भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us