
काठमाण्डु, १३ बैशाख – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
प्राधिकरणका इन्जिनियरले बिहीबार सामूहिक राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फ्किए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् । उनले प्राविधिकका मागहरु पूरा भइसकेको भन्दै तत्काल काममा नफर्किए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए ।