राष्ट्रपतिको सवारीमा दुई सय उडान प्रभावित

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, १३ बैशाख – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाण्डुवासीको लागि नौलो विषय होइन ।

 

सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् ।

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुपर्यो । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us