
एजेन्सी – ब्रिटेनमा यौनकर्मीसँग सम्बन्ध स्थापित गर्नेबेला कण्डम हटाएको आरोपमा एक व्यक्तिलाई १२ वर्षको जेल सजाय तोकिएको छ ।
३५ वर्षीय ली होगबेनले पीडितको लगातारको आपत्तिलाई नजरअन्दाज गर्दै यौनसम्बन्ध स्थापित गरेका थिए । यस्तो गरेर लीले पीडितको सहमतीको शर्त उल्लंघन गरेका छन् । त्यसपछि २० वर्षीया पीडित पुलिसमा बलात्कारको उजुरी दर्ता गर्न पुगिन् ।
बलात्कारको आरोपमा उनलाई भोलिपल्ट पक्राउ गरियो । लीले बलात्कारको आरोपलाई खारेज गरे तर ट्रायलपछि उनलाई दोषी ठहर गरियो ।
उजुरी दर्ता गर्न जाँदा लीले उनलाई हजुरबुवा–हुजरआमाको हत्या गरिदिने धम्की दिएको पीडितले दाबी गरिन् । पीडितको दाबी अनुसार उनले मेसेजमा लेखे, ‘तैंले मेरो लागि जे गरिस् त्यसको लागि तेरो टाउको फुटाउँछु । तेरो हजुरबुवा–हजुरआमाको हत्या गरिदिन्छु ।’
१२ वर्षको जेल सजाय तोकिएपछि लीले रिसमा आएर न्यायाधीसलाई पनि गोली हानी हत्या गरिदिने धम्की दिए । भिडियो लिंकमार्फत् उनले न्यायाधीस स्टिफन क्लिमीलाई भने, ‘म तेरो लागि आउनेछु । राती आएर तेरो अनुहारमा गोली हान्नेछु ।’
अदालतको अनुसन्धानमा पीडित महिलाले एडल्ट वर्कको वेबसाइटमा आफ्नो सेवाका लागि विज्ञापन दिएको पाइयो। उनले आफ्नो विज्ञापनमा नै ग्राहकले कुनै पनि स्थितीमा प्रोटेक्सनको प्रयोग गर्नुपर्ने शर्त राखेकी थिइन् ।
लीले उनलाई सम्पर्क गरेर जनवरी १९ तारिखमा एक चारतारे होटल रोयल बाथ होटलमा भेट्ने निश्चित गरे । पीडितका वकिलले भने, ‘जब पीडितले उनलाई रोक्न कोसिस गरिन् तब उनी निकै हिंस्रक भएर उनलाई धम्काउन थाले ।’
पीडितले भनिन्, ‘ली सहमतीको दायराबाट बाहिर निस्किए र उनले बीचमा नै प्रोटेक्सन हटाए ।’
दुईघण्टासम्म महिलासँग बस्दासमेत लीले ती महिलालाई कुनै रकम दिएनन् । लीमाथि यसअघि पनि यौन उत्पीडनका विभिन्न आरोप लागिसकेको छ ।
यसबाहेक, उनलाई सम्पत्ति नष्ट गरेको, नीजि तस्बिर सार्वजनिक गरेको, अदालतको आदेशको उल्लंघन गरेको र पीडित महिलामाथि अपमानजनक व्यवहारमा पनि दोषी पाइयो ।
बचाउ पक्षका वकिल निक राबिन्सनले भने, ‘अपराध त्यतिबेला भयो जब ली अत्यधिक भावनात्मक आवेगमा थिए । उनी थुप्रै वर्षसम्म आफैं पनि यौन उत्पीडनको शिकार भएका थिए ।’