काठमाण्डु, २७ वैशाख – सभामुख कृष्णबहादुर महराले वैशाख २० गते संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको ‘निम्छरो’ शब्द हटाउन निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सभामुख महराले प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन्...
चितवन, २७ वैशाख – भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको...
काठमाण्डु, २७ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी कर्मचारीको पदपूर्ति रोक्न स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय तहले आफूखुशी कर्मचारी नियुक्त गर्ने क्रम बढेपछि सामान्य प्रशासन मन्त्रालयले सो निर्देशन जारी गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा, स्थानीय तहबाट रिक्त पदमा...
काठमाण्डु, २७ वैशाख – रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ । रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।...
काठमाण्डु, २७ वैशाख – ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । अनुष्का अष्ट्रेलियन क्याथोलिक...
काठमाण्डु, २७ वैशाख – अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार पक्राउ परी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको हो । शिशु जन्म दिएर अस्पतालमै...
बलेवा, २७ वैशाख – बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर...
बाँके, २७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्यो । यो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग...
काठमाण्डु, २७ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसद अवरुद्ध पार्ने तयारी गरेको छ । गत बुधबार सरकारको नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले निम्छरो शब्द प्रयोग गरेपछि कांग्रेस रुष्ट हुँदै आएको छ । आजदेखि आर्थिक वर्ष २०७६/०७७ को...
ललितपुर, २७ वैशाख – ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च १३३३ नम्बरको भ्यानले बिहीबार राति ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार भ्यानको ठक्करबाट घाइते भारत घर भई काठमाण्डुको कुलेश्वर बस्दै आएका...
अमेरिका, २७ वैशाख – अमेरिकाले उत्तर कोरियाली मालबाहक कार्गो जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोपमा अमेरिकाले जहाज नियन्त्रणमा लिएकोे बीबीसीले उल्लेख छ । संयुक्त राष्ट्र संघले उत्तरलाई कोइला निर्यातमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धका बाबजुद सो जहाज कोइला निर्यातमा...
काठमाण्डु, २७ वैशाख – पानी नपरेका कारण देशभर बढेको गर्मी आजदेखि केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । मौसदविद् वरुण पौडेलले आजबाट काठमाण्डलगायत केही स्थानमा गर्मी घट्ने जानकारी दिए । उनले आज हल्का वर्षाको स्म्भावना रहेकाले गर्मी घट्ने बताए । आज पश्चिमबाट पश्चिमी...