अष्ट्रेलीयन बैंककी जागिरे अनुष्काले जितिन ‘मिस नेपाल’को ताज

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ११:०० मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् ।

कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।

अनुष्का अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् । २३ वर्षीया उनी कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनोट भएकी थिइन् । त्यसपछि उनी नेपाल फर्किएकी हुन् ।

मिस नेपाल इन्टरनेशल मीरा कक्षपति भइन् । मिस नेपाल अर्थ २०१९ रिया बस्नेत भइन् । मिसनेपाल युनिभर्स उपाधि प्रदीप्ता अधिकारीले हात पारिन् । मिस सुपर न्यासनलको उपाधि रोज लामाले जितिन् ।

यो पटकको मिस नेपाल प्रतिस्पर्धामा २५ युवती सहभागी थिए । आयोजक हिडन ट्रेजरले उनीलाई करिब एक महिना लामो तालिम दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us