
ललितपुर, २७ वैशाख – ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च १३३३ नम्बरको भ्यानले बिहीबार राति ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भ्यानको ठक्करबाट घाइते भारत घर भई काठमाण्डुको कुलेश्वर बस्दै आएका ३५ वर्षका अमरे आलमको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
सोही भ्यानको ठक्करबाट घाइते भएका पैदलयात्रीको मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ । उनको परिचय खुलेको छैन । भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।