प्रहरीले गोली हानेर विप्लव समूहका नेता पक्रियो

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । शर्मालाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी घाइते भएको खड्काको भनाइ छ ।

चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गर्ने गरेकोले शर्मालाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us