विप्लव समूहमा लागेको आरोपमा वकिल पक्राउ

२०७६ वैशाख ३० गते १६:४७

काठमाण्डु, ३० वैशाख – नेपाल बार एशोसियसनले विद्यार्थीसंगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै विप्लव माओवादी निकट अखिलक्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै विरोध जनाएको छ । उनलाई विनाशर्त रिहाइ गर्न पनि बारको माग छ । शुक्रबार ढकाललाई अनामनगरस्थित यूनियन हाउसमा...

बानेश्वरमा भगौडा सिपाहीले गरे सात वर्षीया बालिका बलात्कार

२०७६ वैशाख ३० गते १६:३७

काठमाण्डु, ३० वैशाख – काठमाण्डुमा आफ्नै घरमा काम गर्ने कामदारकी ७ वर्षीया छोरीलाई बलात्कार फरार रहेका एक अभियुक्त कञ्चनपुरमा पक्राउ परेका छन् । बानेश्वरस्थित मिलिजुली चोकमा सात वर्षीया बालिकाको बलात्कार गरी फरार रहेका भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले बेलौरीबाट...

मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशीलको आपत्ति

२०७६ वैशाख ३० गते १६:०९

काठमाण्डु, ३० वैशाख – नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध मिडिया नियन्त्रण गर्ने अभिप्रायले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ । सरकारका अकर्मण्यता, बेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली...

बाबुरामले भनेः उपेन्द्रलाई प्रश्न सोध्ने पत्रकार असनको साँढे जस्तो

२०७६ वैशाख ३० गते १५:५५

काठमाण्डु, ३० वैशाख – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले केही पत्रकारलाई ‘असनको साँढे’को संज्ञा दिएका छन् । उपप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकार सुशिल पाण्डे प्रति लक्षित गर्दै डा. भट्टराईले असन्तृष्टि जनाएका हुन् । सामाजिक...

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल नियुक्त

२०७६ वैशाख ३० गते १५:३८

काठमाण्डु, ३० वैशाख – नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)...

डीएसपीको कुर्सीमा मेनपावर सञ्चालक बसेपछि…

२०७६ वैशाख ३० गते १५:२७

काठमाण्डु, ३० वैशाख – इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीको कुर्सीमा बसेर दमक घर बताउने हर्कराज गुरुङले सामाजिक संजालमा फोटो राखेपछि इप्रका प्रमुखमाथि छानबिन सुरु भएको छ । मेनपावर सञ्चालक गुरुङले उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि इप्रका प्रमुख डिएसपी सुवास खड्कामाथि प्रदेश प्रहरी कार्यालयले...

प्रहरीलाई ५ सय घुस दिन खोज्दा ड्राभइरको जेलको बास

२०७६ वैशाख ३० गते १५:१५

काठमाण्डु, ३० वैशाख – प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एकजना ड्राभइरले हिरासतको बास बस्नु परेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले घूस दिन खोज्ने बा ५ ख ७३९७ नम्बरको टिपरका चालक धादिङ थाक्रे रानीबनका दिपक राउतलाई पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–१...

कांग्रेसद्वारा प्रदेश ३ को प्रदेश सभा अवरुद्ध

२०७६ वैशाख ३० गते १५:०७

काठमाण्डु, ३० वैशाख – ३ नम्बर प्रदेशको प्रदेश सभा पहिलो पटक अवरुद्ध भएको छ । राजधानी र नामांकरणको विषयले संसदमा प्रवेश नपाएपछि नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको हो । राजधानी र नामांकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३...

कारबाहीको माग गर्दै गृहमन्त्रीलाई इन्जिनियरहरूले बुझाए ज्ञापनपत्र

२०७६ वैशाख ३० गते १४:५५

काठमाण्डु, ३० वैशाख – इन्जिनियरलाई धम्की दिनेलाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर एशोसिएसन प्रदेश ३ ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत इन्जिनियर जंगबहादुर थापालाई जिल्ला समन्वय समिति अछामका सदस्य वेदप्रकाश तिमिल्सिनाले ज्यान मार्ने धम्की दिएको...

बारा र पर्साका आँधी पीडितलाई शेरधनले दिए १ करोड

२०७६ वैशाख ३० गते १४:४८

जनकपुरधाम, ३० वैशाख – गत चैत महिनामा बारा र पर्साका आँधी पीडितका लागि प्रदेश नम्बर १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं सोमबार प्रदेश २ स्थित जनकपुरधाम आएर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उनले...

भारी बोकेर खाने मान्छेलाई हेरेर बजेट निर्माण गरौंः धनश्याम भुसाल

२०७६ वैशाख ३० गते १४:३७

काठमाण्डु, ३० वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद धनश्याम भुसालले सीमान्तकृत वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्नुपर्ने बताएका छन् । संसदमा सोमबार विनियोजन विधेयकमाथि छलफल र समर्थनमा भाग लिएका सांसद भुसालले काम गरेर खाने सीमान्तकृत वर्ग केन्द्रीत गरेर बजेट बनाउनु पर्ने बताए...

काठमाण्डुमा महिला प्रहरी खटाएर पक्रिए १२५ जना यौन व्यवसायी

२०७६ वैशाख ३० गते १४:२२

काठमाण्डु, ३० वैशाख – प्रहरीले राजधानी काठमाण्डुका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महिला प्रहरीलाई सादा पोषाकमा राजधानीका विभिन्न स्थानमा पठाएर यौन गितिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाण्डुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us