काठमाण्डु, ३० वैशाख – भारतमा आईतबार राती समापन भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजना शनिबार कलैयामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आइपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम हारजित हुने गरी...
काठमाण्डु, ३० वैशाख – नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यक्रम बहिष्कार गर्ने भएको छ । सञ्चारमन्त्री बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेकोले बाँस्कोटा सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने प्रेस युनियनको निर्णय छ...
काठमाण्डु, ३० वैशाख – काठमाण्डु उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन् । काठमाण्डु महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाण्डु उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि...
काठमाण्डु, ३० वैशाख – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । विधेयक फिर्ताको माग राखेर सोमबार बिहान ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।...
पाँचथर, ३० वैशाख – हिलहाङ गाउँपालिकामा घाँटी रेटेर एक युवतीको हत्या भएको छ । आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको प्रहरीले जनाएको छ । शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक...
एजेन्सी । रोमाञ्चक खेलमा डिफेण्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि जितेको छ । हैदरावादमा भएको सनसनीपूर्ण फाइनलमा १ सय ४९ रनको योगफल मुम्बईले जोगाएको हो । १ सय ५० रनको मध्यम चुनौती सहित जवाफि...
कपिलवस्तु, ३० वैशाख – तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र...
म्यानमार, ३० वैशाख – म्यानमारका एक पाइलटले ल्याण्डिङ गियर बिग्रिएपछि अगाडिको पांग्रा बिना नै एक जेट विमान अवतरण गराएका छन् । मांडले विमानस्थलमा म्यानमार नेशनल एयरलाइन्सको विमान रनवेमा अवतरण गर्नुपूर्व नै ल्याण्डिङ गियर बिग्रिएपछि पांग्रा बिना नै अवतरण गराउनु परेको बीबीसीले उल्लेख गरेको छ...
भियतनाम, ३० वैशाख – दक्षिण एशियाली पुर्वी मुलुकहरु भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । बैशाख २६ गते विहीबार भियतनाम पुगेका प्रधानमन्त्री ओलीले तीन दिने भियतनामको भ्रमण सकेर कम्बोडिया प्रस्थान गरेका हुन् । कम्बोडियामा प्रधानमन्त्री ओलीले...
काठमाण्डु, ३० वैशाख – जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आज काठमाण्डु उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए...
खोटाङ, ३० वैशाख – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, त्यही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल,...
काठमाण्डु, ३० बैशाख – एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको...