आज देशभर मेघ गर्जनसहित वर्षा, सचेत रहन महाशाखाको अनुरोध

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आज काठमाण्डु उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ ।

यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए । दिउँसो मौसम खुल्ने र साँझपख पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद रिमालको भनाइ छ ।

मध्यक्षेत्रका केहि स्थानमा र पूर्वी तराईमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका लागि सतर्क रहन विभागले भनेको छ । सोमबार राति पनि देशभरि आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।

बैशाख ३० गते (सोमबार):
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भू-भागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३१ गते (मंगलबार):
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ ०१ गते (मंगलबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us