
एजेन्सी । रोमाञ्चक खेलमा डिफेण्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि जितेको छ । हैदरावादमा भएको सनसनीपूर्ण फाइनलमा १ सय ४९ रनको योगफल मुम्बईले जोगाएको हो ।
१ सय ५० रनको मध्यम चुनौती सहित जवाफि ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । जितका लागि ९ रन आवश्यक अन्तिम ओभरमा लासिथ मालिंगाले उत्कृष्ट बलिङ गर्दै मात्र ७ रन खर्चिएपछि मुम्बईको जित सम्भव बनेको थियो ।
अन्तिम बलमा सारदुल ठाकुरलाई एलबीडब्लु धरापमा पार्दै उनले मुम्बईलाई चौंथो पटक आईपीएल च्याम्पियन बनाए । सेन वाटसनले ८०, फाफ डुप्लेसीसले २६ र ड्वायन ब्राभोले १५ रन बनाएपनि चेन्नईलाई जित दिलाउन सकेनन् ।
मुम्बईका जसप्रित बुमराहले २ तथा लासिथ मालिंगा, क्रुनल पाण्डे र राहुल चहारले समान एक विकेट लिए । चेन्नईका २ ब्याट्सम्यान रनआउट भएका थिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनको मध्यम योगफल तयार पारेको थियो ।
किरन पोलार्डले ४१ रन बनाएको मुम्बईको ईनिङसमा क्विन्टन डी ककले २९ र ईशान किसानले २३ रनको योगदान दिए । चेन्नईका दिपक चहारले ३ तथा सारदुल ठाकुर र ईमरान ताहिरले समान २ विकेट हात पारे । फाईनलसँगै यो सिजन भएका चारै भेटमा चेन्नई मुम्बईसँग पराजित भयो ।
मुम्बईले २० करोड भारतीय रुपैयाँ अर्थात ३२ करोड नेपाली रुपैयाँ प्राप्त गर्याे । उपविजेता बनेको चेन्नई भने १२ करोड ५० लाख भारु प्राप्त गर्यो ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक रन बनाएका डेविड वार्नरले अरेन्ज क्याप जिते । उनले १२ खेलमा ६९२ रन रन जोड्न सफल भएका थिए । वार्नरले अरेन्ज क्याप जितेसँगै लगातार तेस्रो सिजन यो उपाधि विदेशी खेलाडीको नाममा रह्यो । आईपीएलमा दोस्रो पटक स्पिनरले पर्पल क्याप जिते ।
चेन्नईका इमरान ताहिरले पर्पल क्वाप जिते । उनले २६ विकेट हात पार्न सफल भए । वार्नर र ताहिरले १०–१० लाख प्राप्त गरे ।
कस्ले के पाए ?
परफेक्ट क्याच अफ द सिजन : क्यारन पोलार्ड- १० लाख(भारु)
स्टाइलिस प्लेयर अफ द सीजन : लोकेश राहुल- १० लाख(भारु)
गेम चेन्जर अफ द सिजन : राहुल चाहर- १० लाख(भारु)
इमर्जिङ प्लेयर अफ द सीजन : शुभम गिल – १० लाख(भारु)
पर्पल क्याप (सर्वाधिक विकेट) : इमरान ताहिर- १० लाख(भारु)
अरेन्ज क्याप: डेभिड वार्नर (सर्वाधिक बढी रन)- १० लाख(भारु)
मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर : आन्द्रे रसेल- १० लाख(भारु)
सुपर स्ट्राइकर अफ द सिजन : आन्द्रे रसेल- कार र ट्रफी फेयर प्ले अवार्ड : सनराइजर्स हैदरावाद- ट्रफी फास्टेस्ट फिफ्टी: हार्दिक पान्ड्या (कोलकताविरुद्ध १७ बलमा ५० रन)- १ लाख वेस्ट ग्राउन्ड (७ खेल बढीमा) : हैदराबाद- ५० लाख(भारु)
वेस्ट ग्राउन्ड (७ भन्दा कम खेलमा) : पन्जाब – २५ लाख(भारु)