भियतनामको भ्रमण सकेर प्रधानमन्त्री कम्बोडिया प्रस्थान

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १०:१६ मा प्रकाशित

भियतनाम, ३० वैशाख – दक्षिण एशियाली पुर्वी मुलुकहरु भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

बैशाख २६ गते विहीबार भियतनाम पुगेका प्रधानमन्त्री ओलीले तीन दिने भियतनामको भ्रमण सकेर कम्बोडिया प्रस्थान गरेका हुन् । कम्बोडियामा प्रधानमन्त्री ओलीले समकक्षी हुन सेनस“ग प्रतिनिधिमण्डल स्तरीय औपचारिक वार्ता गर्नेछन् ।

औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्ब्ली र सिनेटका अध्यक्षसँग भेट गर्नेछन् ।

यस्तै उनले कम्बोडियाको राजधानी नोम पेनमा आयोजना हुने व्यापार बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us