‘पैसाका लागि आएको होइन’ भन्ने राजीवले जिते १ करोड !

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १०:०४ मा प्रकाशित

काठमाण्डु, ३० बैशाख – एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् ।

एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको ‘को बन्छ करोडपति’मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन् ।

एक करोड जितेमा विश्व भ्रमणमा निस्कने योजना बनाएका जैनको सपना पूरा भएको छ । साथै उनले ‘को बन्छ करोडपति’ मा आफू पैसाको लागि नआएको बताए । उनले ‘को बन्छ करोडपति’बाट आफूले धेरै कुराहरु सिक्न पाएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us