जब म्यानमारका पाइलटले पांग्रा बिना नै विमान अवतरण गराए…

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १०:२३ मा प्रकाशित

म्यानमार, ३० वैशाख – म्यानमारका एक पाइलटले ल्याण्डिङ गियर बिग्रिएपछि अगाडिको पांग्रा बिना नै एक जेट विमान अवतरण गराएका छन् ।

मांडले विमानस्थलमा म्यानमार नेशनल एयरलाइन्सको विमान रनवेमा अवतरण गर्नुपूर्व नै ल्याण्डिङ गियर बिग्रिएपछि पांग्रा बिना नै अवतरण गराउनु परेको बीबीसीले उल्लेख गरेको छ ।

साहसीक कार्य गरेको भन्दै ८९ यात्रु सवार एम्ब्रेयर १९० का क्याप्टेन म्यात मो आङको सर्वत्र चर्चा चुलिएको छ ।

यांगुबाट मांडलेका लागि उडेको जेटमा ल्याण्डिङ गियर बिग्रिएपछि पाइलटले विमानको वजन कम गर्नका लागि अतिरिक्त इन्धन खर्चिएर आकस्मिक अवतरण गराएको बीबीसीले उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us