
भैरहवा, २७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरुद्ध निर्णायक धक्का दिने बेला भएको बताएका छन् ।
पार्टीको सिद्धार्थनगर नगर अधिवेशनलाई शनिबार भैरहवामा उदघाटन गर्दै लिङनेदले गणतन्त्र मुलुकले धेरै दिन धान्न नसक्ने जिकिर गरे ।
लिङदेनले वर्तमान संविधान आफूहरुको समेत सहमतिमा जारी भएको भन्दै संविधानमा राजतन्त्रको पक्षमा बोल्न पाइँदैन भनेर कतै नलेखिएको बताए ।
राजतन्त्रको वकालत गरेको आरोपमा आफ्ना पार्टीका नेताहरुलाई संविधानविपरीत पक्राउ गरी थुनामा राखिएको उनको भनाइ थियो ।
संविधान बनाएकाहरूले नै संविधान उल्लघंन भइरहेको आरोप उनले लगाए । ‘देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ’, उनले भने, ‘गणतन्त्रविरुद्ध बलियो धक्का दिने बेला भएको छ ।’