
काठमाण्डु, ३० वैशाख – प्रहरीले राजधानी काठमाण्डुका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महिला प्रहरीलाई सादा पोषाकमा राजधानीका विभिन्न स्थानमा पठाएर यौन गितिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाण्डुले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर यौन क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यौन क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिादै
महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।