रुकुम, ३१ वैशाख – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाबाट सोही ठाउँमा बस्ने उनलाई...
डोटी, ३१ वैशाख – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति...
काठमाण्डु, ३१ वैशाख – नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले घटेको छ । सार्वजनिक अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले नौ महिनामा ९ अर्ब ९८ करोड खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा ११ अर्ब ८५ करोड कमाएको थियो । कम्पनीको आम्दानी...
म्याग्दी, ३१ वैशाख – म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केराको एक घरीमा पाँचसय ७५ कोसा फलेको छ । म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन् । थोरै लगानीमा मनग्य आम्दानी हुन...
काठमाण्डु, ३१ वैशाख – नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी एनसेलले ‘ट्राभलर्स सिम’ सञ्चालन गरेको छ । सिममा आकर्षक भ्वाइस तथा डाटा बन्डलिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेलले ३१ वैशाखदेखि लागू हुने गरी ल्याएको ‘ट्राभलर्स सिम’अन्तर्गत नेपाल भ्रमणमा आउने विदेशीले १ सय १० रुपैयाँ (करसहित)मा...
बागलुङ, ३१ वैशाख – सोमबार साँझ परेको वर्षाले जिल्लाको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् । पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेको...
काठमाण्डु, ३१ वैशाख – दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२...
कैलाली, ३१ वैशाख – कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
सुनसरी, ३१ वैशाख – इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घर छतबाट लडेर गएराति एक किशोरीको मृत्यु भएको छ । धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी...
चितवन, ३१ वैशाख – भरतपुरस्थित जिल्ला कारागार रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । त्यसका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको...
श्रीलंका, ३१ वैशाख – श्रीलंकामा पछिल्लो समय तनाब बढेको छ । विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाब बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मस्जिद तथा मुसलमानको ब्यापारिक प्रतिष्ठालाई निशाना बनाएर हिंसा हुने क्रम बढेसँगै रातको समयमा देशभर कर्फ्यु आदेश जारी...
दाङ, ३१ वैशाख – दाङमा ५ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई १८ वर्ष जेल सजाय सुनाइएको छ । दाङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ का मुकेश विकविरुद्ध उक्त सजाय सुनाएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ५ वर्षीया...