एक घरी केरामा पाँचसय ७५ कोसा लाग्यो

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते ११:१६ मा प्रकाशित

म्याग्दी, ३१ वैशाख – म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केराको एक घरीमा पाँचसय ७५ कोसा फलेको छ ।

म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन् । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आम्दानीको स्रोत केरा बनेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us