छतबाट लडेर युवतीको ज्यान गयो

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १०:३२ मा प्रकाशित

सुनसरी, ३१ वैशाख – इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घर छतबाट लडेर गएराति एक किशोरीको मृत्यु भएको छ ।

धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले जानकारी दिए ।

खरेलका अनुसार ९ बजे घरको तीन तला माथिबाट लडेर गम्भीर घाइते भएकी शर्मालाई उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारका क्रममा शर्माको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us