काठमाण्डु, ३१ वैशाख – नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी एनसेलले ‘ट्राभलर्स सिम’ सञ्चालन गरेको छ । सिममा आकर्षक भ्वाइस तथा डाटा बन्डलिङ सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेलले ३१ वैशाखदेखि लागू हुने गरी ल्याएको ‘ट्राभलर्स सिम’अन्तर्गत नेपाल भ्रमणमा आउने विदेशीले १ सय १० रुपैयाँ (करसहित)मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका कम्बो प्याक लिन सक्नेछन् ।
स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनका लागि मान्य हुने ३ सय एमबी डाटा प्राप्त गर्नेछन् । ‘ट्राभलर्स सिम’अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकले आफ्नो आवश्यकताअनुसार ४ सय ९० देखि १ हजार ९ सय ६० रुपैयाँसम्मका विभिन्न समय सीमा रहेका भ्वाइस तथा डाटा बन्डलिङ गरिएको कम्बो प्याक खरिद गर्न सक्नेछन् । योजनाअन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभी र सुपर गरी चारवटा विकल्प छन् ।
पर्यटकले ७ जिबी डाटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक करसहित ४ सय ९० रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिनदेखि ७ दिनसम्म मान्य रहनेछ । मिडियम प्याकअन्तर्गत ग्राहकले करसहित ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टकटाइम प्राप्त गर्नेछन् र यो १४ दिनका लागि मान्य रहनेछ ।
हेभी प्याकअन्तर्गत करसहित १ हजार ४सय ७० रुपैयाँमा २१ जिबी डाटा र ४० मिनेट अन नेट टकटाइम पाइनेछ । यो योजना २१ दिनका लागि मान्य रहनेछ । भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले करसहित १ हजार ९ सय ६० रुपैयाँमा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले २८ दिन समयसीमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टकटाइम पाउनेछन् । ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले ८१७१०५३ डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् ।