डीएसपीको कुर्सीमा मेनपावर सञ्चालक बसेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १५:२७ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीको कुर्सीमा बसेर दमक घर बताउने हर्कराज गुरुङले सामाजिक संजालमा फोटो राखेपछि इप्रका प्रमुखमाथि छानबिन सुरु भएको छ ।

मेनपावर सञ्चालक गुरुङले उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि इप्रका प्रमुख डिएसपी सुवास खड्कामाथि प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको हो । प्रहरीको मान्छे भन्दै गुरुङले सर्वसाधारण र व्यापारीलाई धम्क्याउने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए ।

डिएसपी खड्काको कुर्सीमा बसेको फोटो सामाजिक सञ्जालमा राख्ने गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

डिएसपी खड्काको कुर्सीमा बसेर तस्बिर खिचेका गुरुङलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us