
काठमाण्डु, ३० वैशाख – प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एकजना ड्राभइरले हिरासतको बास बस्नु परेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले घूस दिन खोज्ने बा ५ ख ७३९७ नम्बरको टिपरका चालक धादिङ थाक्रे रानीबनका दिपक राउतलाई पक्राउ गरेको हो ।
काठमाण्डु महानगरपालिका–१ रानीवनस्थित निषेधित क्षेत्रमा राउतले टिपर लगेका थिए । त्यसपछि उनलाई स्थानीयले घेरेका थिए । स्थानीयसँग विवाद गरिरहेको अवस्थामा प्रहरी पुगेपछि उम्किन उनले ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।
निषेधित क्षेत्रमा पसेका उनलाई कारबाही गर्न खोज्दा ५ सय रूपैया दिएर आर्थिक प्रलोभनमा पार्न खोजेकाले पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले रानीपोखरीले जानकारी दिएको छ ।